चितवन, २८ फागुन । चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या जटिल बन्दै गएको छ ।
बित्तीय संघ सस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रको रुपमा रहेको बजारमा खुल्ला ठाउको अभाव भएपछि साना तथा ठुला सवारी साधन रोकेर राख्ने स्थान नहुदा त्यसको असर व्यापारमा परेको छ । निर्माणाधिन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ । पुरानो संरचना भएकाले यहाका घरमा अण्डरग्राउड पार्किङको व्यवस्था छैन । नयाँ बनेका सिमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन् ।
नारायणगढको ओरालोदेखि पुलचोक हुदै पोखरा वसपार्क, मिलनरोड, कमलनगर, वेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन । यही स्थानमा बैंकका शाखाहरु, सहकारी, ठुला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन् । ती स्थानमा आउने उपभोक्तहरुले ल्याउने सवारी साधन तथा सार्वजनिक सवारी साधन रोकिराख्ने स्थानको अभाव भएको छ । नारायणगढको प्रमुख मार्गमा छ लेनको सडक बनेपछि अहिले पेटीमा गरिदै आएको पार्किङ हट्नेछ । अहिलेको पेटीमा स्थानीय रुटमा चल्ने सवारी साधन सञ्चालनमा आउछन् । सडकको पेटीमानै व्यापारिक पसलको सटर रहेको छ । पसलमा आउने ग्राहकले अन्तै साधन पार्क गरेर पसल जानु पर्ने हुन्छ । त्यसो गर्दा व्यापार नहुने व्यवसायीले बताएका छन् ।
नारायणगढ बजारमा पार्किङको समस्या वृद्धि भएपछि अव वन्ने नयाँ घरको नक्सा पास गराउदा अनिवार्य अण्डरग्राउण्ड पार्किङको व्यवस्था गर्ने विषयमा छलफल भइराखेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । बैकल्पिक पार्किङको व्यवस्था गरेका छौ तर त्यो सानो भएको कारण बजारको आवश्यकतालाई धान्न सकेको छैन । सरकोकारवाला संघ छलफल गरेर केही निश्कर्षमा पुग्ने तयारी रहेको उहाले बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले पार्किङको अभावमा यहाँको व्यापार प्रभावित भएको बताउनुभयो । आफ्नो कार भएकाले पनि पार्किङको अभावमा नारायणगढ बजार प्रवेश नगरी अन्यत्र जाने गरेका छन्, समयमा पार्किङको व्यवस्था गर्न नसके यहाँको व्यापारमा नराम्रो असर पर्ने उहाले बताउनुभयो । पार्किङको समस्या विकराल बन्दै गएपछि महानगरपालिकाले तत्काल कुनै योजना नल्याएको भरतपुर महानगरपालिका नक्सा शाखाका इन्जिनियर कृष्ण मल्लले बताउनुभयो । नयाँ बन्ने घरले अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने योजना ल्याएमा करमा केही छुटको व्यवस्था मिलाएका छौ उहाले भन्नुभयो अनिवार्य निर्माण गराउन लागु भने गरिएको छैन । अहिले आफ्ुनो साधन लिएर कुनै सामान खरिद गर्न जान सकिने अवस्था छैन इन्जिनियर मल्लले भन्नुभयो कार मोटरसाइलक पार्क गरेर राख्ने ठाँउ पाइदैन सडकमा नै राख्नु पर्नो हुन्छ । सडकमा राख्दा जाम हुने अवस्था छ त्यसैले ट्याम्पो चढेर बजार जाने गरिएको बताउनुभयो ।
भरतपुरको ओरालोदेखि पुलचोक हुनै प्रमुख व्यापारिक क्षेत्रको सडकमा नै साधन पार्क गरिदै आएको छ । मुख्य सडक विस्तारपछि सडकमा पार्क गर्न नपाइने व्यवस्था हुदा यहाँको बजार आउनेहरुलाई निजी साधन पार्किङ गर्न जटिल हुनेछ । बजारमा पार्किङको समस्या भएको कारणले नै निजी साधन लैजान नसकेको भरतपुरका स्थानीय ध्रुव ढुङगानाले बताउनुभयो । घरमा कार राखेर पैदल, सार्वजनिक साधन चढेर जान बाध्य भएका छौ, यो समस्या समाधानमा महानगरपालिकाको ध्यान जानु पर्ने उहाले बताउनुभयो ।