पौडेल र नेम्वाङ दुवैबाट निष्पक्ष भूमिकाको परिकल्पना गर्न सकेनौं : लिङ्देन

काठमाडौँ २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको छ । आज (बुधबार) काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति चुनावमा भाग नलिने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरूबाट निष्पक्ष र राष्ट्रको अभिभावकीय भूमिका निर्वाह नहुने देखेपछि चुनावमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको बताए ।

शेयर गरौ

ताजा अपडेट