अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं, ५ फागुन । अनेरास्ववियुको अध्यक्ष पदमा  समिक बडाल  निर्वाचित हुनुभएको छ । बडाल  ९६५  मतसहित विजयी हुनुभएको हो ।

अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार उहाँको निकटतम प्रतिपस्र्धी आरसी लामिछानेले ३५६ मत प्राप्त गर्नुभयो । यसैगरी,  अध्यक्ष पदका उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ मत ल्याउनुुभएको जानकारी उहाँले दिनुभयो । अनेरास्ववियुको नवनिर्वाचित अध्यक्ष बडाल यसअघि महासचिव हुनुहुन्थ्यो ।

२०६२ को स्ववियु निर्वाचनमा त्रिचन्द्र क्याम्पसमा बडाल स्ववियु सदस्यमा निर्वाचित हुनुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट