६ महिनापछि खेलमा फर्किएका सन्दीप र सोमपालले लिए एक–एक विकेट

काठमाडौँ २ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्तर्गत नामिवियाविरुद्ध नेपालले दुई विकेट लिएको छ । ६ महिनापछि राष्ट्रिय टीममा फर्किएका सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका छन् । सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बलमै विकेट लिएका हुन् । सन्दीप एघारौ ओभरमा बलिड गर्न आए । उनको पहिलो बलमा नामिवियाका भान लिडगेनले एक रन लिए । दोश्रो बलमा उनले कार्ल विनकेन स्टोकलाई बोल्ड आउट गरे ।

तेश्रो बलमा उनले एक विकेट खर्चे भने चौथो र पाँचो बलमा कुनै रन दिएनन् । अन्तिम बलमा एक रन खचर्रे समग्रमा उनले आफूले गरेको पहिलो स्पेलमा ३ रन खर्चेर १ विकेट लिए पछि मैदानमा रहेका उनका सर्मथक उत्साहित बनेका थिए । सोम्पाल कामीले तेस्रो ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए । नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, मुद्दाको किनारा नलाग्दै क्यानले उनको निलम्बन फुकुवा गरेको छ ।

शेयर गरौ

ताजा अपडेट