भरतपुरमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुइजनाको अवस्था गम्भिर

चितवन समाचार डटकम
चितवन १६ फागुन । भरतपुरको वाइपास रोड मालपोत चोकमा आज अपरान्ह ५ बजे म्याजिक र मोटरसाइकल ठोक्किदा दुइजनाको अवस्था गम्भिर भएको छ ।
ना १ ज ७९७३ नं. को म्याजिक र ना ४४ प ७३० नं.को मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा चढेकाहरु घाइते भएका हुन् । घाइते हुनेमा भरतपुर महानगरपालिका वडा नंंं. ११ मा वस्ने २० वर्षिय सुमन बिक र सोही स्थानमा वस्ने वर्ष ३७ को शेरवहादुर विक रहेका छन् । उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते दुवैजनाको टाउको र अनुहारमा चोट लागेको छ । घाइते दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट