पाँच देशका गैंडा विज्ञको सम्मेलन चितवनमा : सुरक्षाबारे छलफल

 

चितवन, २० माघ । गैडा मारिन थालेपछि पाँचदेशका गैंडा संरक्षणका विज्ञहरुको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ ।
तीनदिनसम्म सञ्चालन हुने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल गरी निश्कर्ष निकालिने कार्यक्रम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डाक्टर गणेश पन्तले जानकारी दिनुभयो ।
विश्वबाट नै लोपउन्मुख अवस्थामा रहेको एक सिंगे गैँडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पार्न सम्मेलनको अयोजना गरिएको हो । यस अगाडि भारतको दिल्लीमा आयोजना भएको थियो भने नेपालमा यो पहिलो पटक आयोजना गरिएको हो । शुक्रबार छलफल गर्ने र शनिबार निकुञ्जको विभिन्न क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम रहेको छ । गैंडाको मुख्य वासस्थान रहेको ठाउ, मारिएका स्थानहरु प्रत्यक्ष रुपमा अवलोकन गरी चुनौतीको विषयमा साभाm धारणा तयर गर्ने कार्य योजना रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो ।
चितवन भन्दा अगाडि दोस्रो दिल्लीमा र पहिलो इण्डोनेसियामा सम्मेलन भएको थियो । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिएको यो सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु सहभागी हुनु भएको छ । कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मिनवहादुर श्रेष्ठले सम्वोधन गर्नु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल, विभिन्न निकुञ्जका प्रमुखहरुलगायतको सहभागीता रहेको छ । सम्मेलनमा ६५ जना भन्दा धेरैको सहभागीता रहेको छ ।

 

शेयर गरौ

ताजा अपडेट