शहीदको प्रेरणाबाट समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त : प्रधानमन्त्री

काठमाडौं, १६ माघ । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।

स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरीमा उच्च पदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता रहेको थियो ।

सभामा प्रधानमन्त्री प्रचण्डले सहिदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो । ‘‘सहिदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ ।,’’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

 

शेयर गरौ

ताजा अपडेट