चितवन १३ माघ । कक्षा १ देखि ५ सम्मको पुस्तक छपाइका लागि शिक्षा मन्त्रालयले निजी क्षेत्रलाई दिने गरेको निर्णयको नेपाल मुद्रण उधोग महासंघले स्वागत गरेको छ ।
महासंघका अध्यक्ष खोमकान्त रेग्मीद्वारा जारी विज्ञप्तीमा महासंघले लामोसमयदेखि उठाउदै आएको मागलाई सरकारले सम्वोधन गरेको भन्दै स्वागत गरेको हो । सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रलाई मात्र छपाइको जिम्मा दिदा समयमा छपाइ गर्न सकेको थिएन । समयमा छपाइ गर्न नसक्दा सधै पुस्तकको अभाव हुदै आएको थियो । एउटै छापाखानाको भरपर्र्दा शैक्षिक सत्र सकिदा पनि पुस्तक पुग्न सकेको थिएन ।
शिक्षा मन्त्रालयले समयमा विद्यार्थीको हातमा पुस्तक पठाउन निजीलाई कक्षा १ देखि ५ सम्मको छपाइको जिम्मा दिएपछि सो जिम्मेवारी पूरा गर्न निजी छापाखाना तयार रहेको मुद्रण उद्योग महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले उठाउदै आएको कक्षा १ देखि १० सम्मको पुस्तक छपाइको जिम्मा निजीलाई दिनु पर्ने विषयमा आम्शिक सुनुवाइ भएकोमा सरकारलाई धन्यवाद दिएको छ । केही वर्ष अगाडिपनि सरकारले पहिलो पटक १देखि ५ सम्म र अर्को पटक १ देखि कक्षा ८ सम्म निजीलाई निश्चित क्षेत्रमा मात्र वितरण गर्न दिने गरी अनुमती दिएको थियो ।
अहिलेपनि जिम्मेवारी दिएकोमा सरकारलाई धन्यवाद सहित आउदा दिनमा १० कक्षा सम्मकै पुस्तक छपाइ गर्न दिन माग गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रले छपाइ गर्न नसकेको कारण निजीलाई दिएको भन्दै महसंघले जारी विज्ञप्तीमा भनेको छ कुनै पक्षबाट विरोध गर्नुको कुनै तुक नभएको जनाइएको छ ।