खैरहनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

चितवन १६ गते ।

चितवनको खैरहनीमा यही फागुन २२ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
स्थानीय तह कार्यान्वयन भएपछि पहिलो पटक खैरहनी नगरपालिका आफैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो । नगरपालिकाका स्थानीय शिक्षा अधिकारी हिम शर्माका अनुसार फागुन २२ गतेदेखि २४ गतेसम्म प्रतियोगिता हुनेछ ।
खैरहनी माध्यमिक विद्यालयको चौरमा हुने प्रतियोगितामा महिला पुरुष छुट्टा छुट्टै विभिन्न दुरीका दौड, भलिवल, कवड्डी, हाईजम्प, लङजम्प, सटफुट, त्रिपलजम्प, ज्यावलिङ थ्रोलगायतका खेलहरु हुनेछन् । नगरबाट प्रथम, द्धितीय र तृतीय भएका विद्यालय तथा विद्यार्थीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागीता जनाउने स्थानीय शिक्षा अधिकारी शर्माले बताउनु भयो ।
प्रतियोगिताको बिजेताले राष्ट्रपति रनिङ शिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाले जानकारी दिनु भयो । प्रतियोगितामा नगर भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुले सहभागीता जनाउन पाउनेछन् । खैरहनीमा सामुदायिक विद्यालय तर्फ ६ वटा माध्यमिक तह र २२ वटा आधारभूत तहका विद्यालय छन् भने १२ वटा माध्यमिक तहका निजी विद्यालय छन् ।

शेयर गरौ

ताजा अपडेट