चितवन ७ माघ । गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पुनः कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ ।
२९ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट सापकोटाको अध्यक्षमा ११ सदस्य सर्वसमत रुपमा चयन भएको हो । निर्वाचन अधिकृत रामजी प्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल चयन हुनु भएको छ । १ अध्यक्ष , १ उपाध्यक्ष सहित ९ सदस्य बन्ने यस सहकारीको विधान अनुसार सदस्यहरुमा माधवराज थपलिया, बिष्णु माया सापकोटा, सुमित्रा अधिकारी, छायादत्त पराजुली, सुर्य प्रकाश महतो, बोधराज सापकोटा, डम्बर बहादुर थापा, विश्वराज सापाकोटा र शिला घिमिरे चयन हुनुभएको सोपकोटाले बताउनु भयो ।
नवराज ढकालको संयोजकमा दुर्गा प्रसाद आचार्य (अमर) र टीकाराम ओझा सदस्य रहने गरी तीन सदस्य लेखा समिति समेत निर्विरोध चयन भएको छ। नयाँ समितिले अब २०८३ साल सम्म काम गर्नेछ ।
पुनः अध्यक्ष बने संगै कृष्णप्रसाद सापकोटाले सहकारीको उत्पादन ‘गंगा’ ब्रान्डकालाई नेपालभरी विस्तार गर्न लाग्ने बताउँनु भएको छ । उहाँले भन्नु भयो – ुपहिलो कार्यकालमा संस्था खोल्न र बजारीकरण गर्न शुरु भएको छ । अब यसलाई देशभरी पुराउन लाग्ने छु ।ु उहाँले दूध व्यवसायमा लागेर पलाएन भएका किसानहरुलाई व्यवसायीक बनाउन पनि आफु सक्रिय रहने बताउनु भयो । ुमेरो प्रथमिकता यस क्षेत्रका किसानलाई सहकारी मार्फत व्यवसायीक बनाउनु, संस्थाको उत्पादनलाई बढाउँदै बजारी करण गर्नु पहिलो प्राथमिकता हो ।ु– उहाँले भन्नुभयो ।
०४९ सालमा स्थापना भएको यस सहकारीले किसानको दुध संकलन संगै ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ । किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षासहित उद्योगका रूपमा संचालित यस सहकारीको आफ्नै नमुना पशुपालन फार्म पनि छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ ।अहिले यो सहकारीमा ५ सयभन्दा बढी किसान आबद्ध छन । सहकारीको धनौजीको प्रधान कार्यलय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको छ ।
संकलित दूध आफैले प्रशोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले बताउनु भयो । चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुने गरेको छ।