चितवन ४ माघ । भरतपुरमा बुधवार बृहत खुल्ला आँखा शिविर सम्पन्न भयकाे छ। सरस्वती माध्यामिक बिद्यालय भरतपुर २३ मधुपुरीकाे स्वर्ण महाेत्सब अन्तरगत संचालित विभिन्न कार्यक्रमहरु मध्य आँखा शिविर संचालन भयकाे हाे।
शिविर लायन्स क्लब अफ भरतपुर इन्द्रेणी र लायन्स क्लब अफ बागेश्वरीकाे सहकार्यमा भयकाे हाे।हामी सेवा गर्छाैं भन्ने भावनाले हिँडने लायन्स क्लबहरुले विधालयमा आयर शिविर गर्न पाउँदा खुसी लागेकाे लायन्स क्लब इन्टरनेशनल ३२५ आरका डिष्ट्रिक गभर्नर लायन सिद्धार्थलाल चुकेले बताउनु भयाे।
प्रमुख अतिथी समेत रहनुभएका चुकेले लायन्सहरु संधैभरी सेवामै समर्पित हुनेमा जाेड दिनुभयाे। कार्यक्रमकाे अध्यक्षता गर्नुभएका विद्यालयका प्रध्यानाध्यापक नवराज पाेख्रेलले स्वर्ण महाेत्सबका गतिबिधिहरुकाे बारेमा चर्चा गर्नुका साथै विद्यालयलाइ नमुना विद्यालयमा परिणत गर्न लागेकाे बताउनुभयाे।
२६० जना भन्दा बढी लाभान्वित भयकाे शिबिरमा लायन्स लिडर राजेन्द्र गाैतम लायन्स क्लव अफ भरतपुर इन्द्रेणीका प्रेजिडेन्ट लायन नारायण गिरी,सेक्रेटरी लायन सन्ताेष तिवारी ,निबर्तमान प्रअ मीन बहादुर परियार लगायतकाे उपस्थिती रहेकाे थियाे।बिद्यालयका शिक्षक रेशमलाल सापकाेटाले संयाेजन गर्नुभयकाे कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष त्रिलाेचन अधिकारीकाे अध्यक्षतामा सम्पन्न भयकाे थियाे।