विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

 

काठमाडौं ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आज ९मंगलबार० का लागि बैठक बोलाएका हुन् ।

सभामुख(उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । ‘विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ’, सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।
प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।

शेयर गरौ

ताजा अपडेट