पोखरा विमान दुर्घटना स् यात्रुको शव गण्डकी अस्पतालमा

 

गण्डकी, १ माघ । पोखराको सेती नदीको खोँचमा आइतबार विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिनुभयो ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका निर्देशक प्रा। डा। भरतबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

शेयर गरौ

ताजा अपडेट