देवघाट मेलाको तयारी पूरा, पाँचलाख भक्तजन आउने अनुमान

 

चितवन, ३० पुस । देवघाटमा लाग्ने माघे संक्राती मेलालाई व्यवस्थित पार्नको लागि सुरक्षाकर्मीलाई विशेष परिचालन गरिने भएको छ ।
कोराना संक्रमणको कारण मेलामा आउन भक्तजनलाई कडाइ गरिएकोमा यस वर्ष सुरक्षित तरिकाले स्नान गर्ने व्यवस्था मिलाउन सुरक्षाकर्मी र स्वयमसेवीको व्यवस्था गरिएको हो । मेलामा आएका हरेक भक्तजनहरु आफू सुरक्षित महसुर गरेर स्थान गर्ने, धार्मिक अनुष्ठान अनुसार कर्म गर्न पाउने व्यवस्था मिलाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष वद्री अधिकारीले जानकारी दिनुभयो ।
गत वर्ष भन्दा अहिले धेरै भक्तजन आउने अनुमान गरेका छौ उहाले भन्नुभयो ‘तनहुँ र चितवन तर्फबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी छ सय भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ वृद्धवृद्धा भक्तजनहरुको लागि र आवश्यक पर्नेहरुको लागि आवासको व्यवस्था समेत मिलाइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेलामा आउने भक्तजनलाई खाना र आवासको अभाव हुदैन उहाले भन्नुभयो आउन जानको लागि चार स्थानबाट व्यवस्था मिलाइएको छ ।
मकर संक्रातीको दिन देवता देवघाटमा आउने भन्ने धार्मिक विश्वासले यस दिन यहाँ मेला लाग्दै आएको छ । यहाँ आउने भक्तजन त्रिशुली र कालीगण्डकी नदीको संगम स्थलमा स्नान गर्दछन् । स्थान गर्ने ठाउँमा जोखिम हुने भएकाले वास गाडेर सुरक्षा घेरा वनाइएको छ । आपतकालिन उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय वोटे समुदायलाई परिचालन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मेलाको हामीले सवै तयारी पूरा गरेका छौ उहाले भन्नुभयो देवघाट आउनेहरुको लागि दासढुंगाबाट, ठिमुरा, रामनगरबाट प्रवेश गर्न दिने व्यवस्था मिलाएका छौ । निकासको लागि ठिमुरा र रामनगरबाट प्रवेश गर्नेहरु नारायणगढको आपटारीबाट जाने व्यवस्था रहेको छ । दासढुंगाबाट प्रवेश गर्नेहरुलाई त्यहीबाट निकास जाने व्यवस्था मिलाइएको छ ।
सवारी साधनहरु भने सीताराम माविको मैदान र जंगलको खुला स्थानमा राखिने व्यवस्था मिलाइएको क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिनुभयो । मेलामा स्वास्थ्य परीक्षण सेवा, आपकालिन एम्वुलेन्स, निःशुल्क स्वास्थ्य सेवा, रात्रीकालिन विजुली वत्ती, सुरक्षागस्ती लगायतको व्यवस्था रहेको क्षेत्र विकास समितिले जानकारी दिएको छ । मादक पदार्थसेवनलाई निषेध गरिएको छ । स्नान गर्ने ठाउँ सुरक्षाकर्मीले व्यवस्था गरेकाले ढुक्क भएर तोकिएको स्थानमा मात्रै स्नान गर्न विकास समितिले अनुरोध गरेको छ । मेलामा आउने भक्तजनलाई झोलुङगे पुल प्रयोग गर्दा एक पटकमा एकसय जना मात्र हिड्न दिने गरी व्यवस्था मिलाइएको छ ।

शेयर गरौ

ताजा अपडेट