अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने नेकपाको निर्णय

काठमाडौं, १६ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

नेकपा सचिवालयको बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने छ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ । यता नेकपा नेता तथा पर्यटनमन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन नेकपा केन्द्रिय कार्यालयमा अहिले नेता–कार्यकर्ता जम्मा भइरहेका छन् ।

मन्त्री अधिकारीको शव त्रिवि शिक्षण अस्पताल हुँदै पार्टी कार्यालय पुर्‍याएर श्रद्धाञ्जली दिने कार्यक्रम छ । मन्त्री अधिकारीको शव आजै गृह जिल्ला कास्की लगेर अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

शेयर गरौ

ताजा अपडेट