एनपीआई फार्मेसीद्वारा पुरस्कार वितरण तथा स्वागत कार्यक्रम

चितवन २७ पुस । एनपीआई फार्मेसी लिमिटेड भरतपुरद्वारा आयोजित खेलकुद कार्यक्रममा विजयी भएका विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरेको छ ।
एनपीआइ आश्थाचोकमा रहेको शैक्षिक सस्थाले एकसातासम्म फुटवल, क्रिकेट, भलिवल लगायतका कार्यक्रम सञ्चालन गरेको थियो । प्रतियोगितात्मक कार्यक्रममा विजयी भएका खेलाडीलाई एनपीआइका प्रिन्सिपल इन्जिनियर वावुराम उपाध्याय,सञ्चालक समितिका सदस्य प्रा.डा होमनाथ सापकोटा, एनपीआइ फार्मेसीका प्रिन्सिपल सकुन्तला पन्त, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद सुवेदी, सहायक प्रिन्सिपल दीपक ढकालले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन गर्न आएका विद्यार्थीलाई लक्ष्य प्राप्तीका लागि मेहनतका साथ अध्ययन गर्न सुझाव दिनु भएको थियो । उत्कृष्ठ शैक्षिक सस्था रोजेर आउनु भएका विद्यार्थीले भविश्यको विषयमा सोचेर अहिलेबाट अध्ययनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सस्थामा उत्कृष्ठ कार्य गरेवापत सम्मान गरिएको थियो भने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो ।कार्यक्रम विभागीय प्रमुख नवराज भट्टराइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

ताजा अपडेट