विश्वासको मत पाएको भोलिपल्ट ओली भेट्न बालकोट पुगे प्रचण्ड

 

काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत पाएको भोलिपल्ट बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको छ । भेटमा मन्त्रालय बाँडफाँट, सभामुखको चुनावलगायतका विषयसँगै नेपाली कांग्रेसले विश्वासको मत दिएपछिको सम्भावित परिणामबारे पनि छलफल भएको छ ।

शेयर गरौ

ताजा अपडेट