सुदेश खनाल
चितवन, २५ पुस । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ ।
अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै नारायणी नदीको भंगालो किनारामा १८ वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
निकुञ्जको नियमित संयुक्त गस्ती गैडा फेला पारेको थियो । गैडाको खाग खुर सुरक्षित रहेको र प्राकृतिक कारणले मृत्यू भएको हुनसक्ने निकुञ्जले जनाएको छ । यो संगै साउन महिना यता निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ७ बटा गौडाको मृत्यू भएको छ ।