गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

 

पोखरा २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउने छन् । अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र) बाट हरि चुमान र सुशीला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दै छन् ।

 

 

ताजा अपडेट