चितवन २५ पुस । भरतपुर २ क्षेत्रपुरमा रहेको एपेक्स एकेमेडीमा अध्ययनरत विद्यार्थीले शैक्षिक प्रदर्शनी गरेका छन् ।
विज्ञान तथा होटल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीले प्रदर्शनी गरेका हुन् । प्रयोगात्मक विषय अन्तर्गत उनीहरुले विभिन्न समुह बनाएर प्रतियोगितात्मक प्रदर्शनी गरेको एपेक्स एकेमेडीमा प्राचार्य दिनेशचन्द्र पुरीले जानकारी दिनुभयो । विज्ञान संकायमा अध्ययनरत विद्यार्थीको १० वटा समुह रहेको थियो भने होटल व्यवस्थापनमा अध्ययन गर्नेहरु ६ वटा समुह रहेका थिए ।

विज्ञान प्रदर्शनीमा वातावरण क्षेत्रमा पार्ने प्रभाव, डोजर, थ्रिडी, सफटवयर।, भुकम्प सम्वन्धी सचेतना, पानी पर्ने प्रभावदगायतको वारेमा प्रदर्शनी गरेका थिए । होटल व्यवस्थापन समुहका विद्यार्थीले नोपली, भारतीय, चाइनिज लगायत विभिन्न देशका परिकार बनाएर प्रदर्शनी गरेका थिए । एक हप्तासम्म चलेको विभिन्न शैक्षिक कार्यक्रमको सोमबार समापन भएको थियो ।

प्रतियोगिता कार्यक्रममा वीरन्द्र वहुमुखी क्याम्पसका विभागीय प्रमुखहरु निर्णयक मण्डलमा रहनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाको शैक्षिक महाशाखाका अधिकृत ऋषिराम शर्मा, वडा नं. २ का अध्यक्ष मनोज रानाभाटको उपस्थिति रहेको थियो । प्रर्दशनीको होटल व्यवस्थापन तर्फका प्राध्यापक सुजन भण्डारी, विज्ञान समुहका प्राध्यापक तुलसीराम न्यौपानेले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम भएका थिए ।



