विश्वासको मतबारे कांग्रेस पुस २६ गते नै निर्णय लिने

 

काठमाडौं २४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिनेबारे अझै अनिर्णित देखिएको छ ।

शनिबार को संसदीय दलको बैठकबाट कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने÷नदिनेबारे निर्णय लिने अपेक्षा गरिएको थियो । तर, करिब आधा घण्टा बसेर सकिएको बैठकले यसबारे कुनै निर्णय गरेन ।

बरु प्रधानमन्त्रीले विश्वासको मत लिने दिन पुस २६ गते बिहान ९ बजे फेरि बैठकले बसेर विश्वासको मतबारे निर्णय लिने तय गरिएको छ । माओवादीका केही नेताहरूले कांग्रेसका दोस्रो तहका नेताहरूसँग विश्वासको मत दिन आग्रह गरिरहेका छन् । तर, कांग्रेसका शीर्ष नेताहरूले यसबारे बोलेका छैनन् ।

कांग्रेसले नयाँ गठबन्धनको प्रयास गरिरहेको पनि चर्चा चलेको छ । तर, कांग्रेस नेताहरूले नयाँ गठबन्धनको चर्चालाई खारेज गरिदिएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट