मन्त्री अधिकारीसहितको शव लिएर काठमाण्डौको लागि उड्यो विमान

 

चितवन समाचार डटकम
चितवन, १६ फागुन । पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको शव लिएर ताप्लेजुङको सुकेटार विमान स्थलबाट हेलिकप्टर उडेको छ ।
केही वेर अगाडिमात्र उडेको विमान काठमाण्डौ विमान स्थलमा अवतरण गर्ने विमान स्थलले चितवन समाचार डटकमलाई जानकारी दिएको छ ।
ताप्लेजुङमा हिजो दिउसो हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुलाई विहाज ल्याउने भने पनि खराब मौसमका कारण ल्याउन सकिएको थिएन । विहानदेखि हिउँ परिराखेले ल्याउन नसकिएको कार्यालयले जानकारी दिएको छ । हिजो अवेरसम्म केहीको शव संकलन गरी सुकेटार विमान स्थलमा रािखएको थियो । बाकी शव आज संकलन गरिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी संजयसिंह थापाले चितवन समाचार डटकमलाई जानकारी दिनु भयो ।

शव लिएर आउदै गर्दा सुकेटार विमान स्थलको अवस्थाको फोटोहरु

शेयर गरौ

ताजा अपडेट