सत्ता गठवन्धनको वैठक बालुवाटारमा जारी

 

काठमाडौँ २० पुस । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल हुनेछ । यही पुस १० दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री दाहालले यही पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन् । तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाउनेबारे अहिलेसम्म निर्णय लिएका छैनन् । राप्रपाले समर्थन दिए पनि बाहिरै बस्ने निर्णय लिएको छ । उता जसपाले सरकारको नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटका आधारमा मन्त्री पठाउने निर्णय लिने भएको छ । राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्रीमासमेत दाबी गरिरहेको छ । केही प्रदेशमा सरकार बनाउन निर्णायक राप्रपालाई संघीय सरकारमा पनि ल्याउने कोसिस भइरहेको छ ।

उता जसपाले मधेश प्रदेश सरकारको नेतृत्व र अन्य पदमा बार्गेनिङ गरिरहेको छ। बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरबार बोलाएर विश्वासको मत दिन भनेका थिए । प्रचण्ड नेतृत्वको सरकारलाई अहिले सात दलका १६७ जना सांसदको साथ छ । त्यस्तै अन्य दुई जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट