गाेरखा १९ पुस । गाेरखामा आइतबार न्यानाे कपडा तथा स्टेशनरी बितरण गरियकाे छ। लियाे क्लब अफ भरतपुरकाे आयाेजनामा सम्पन्न उक्त कार्यक्रममा नवज्याेति आधारभुत बिधालय गाेरखा १२ आलेटारका अतिबिपन्न बिधार्थीहरुलाई जाडाेयाममा अध्ययन गर्न सहज हाेस भन्ने हेतुले बितरण गरियकाे क्लब अध्यक्ष शीला न्याैपानेले बताउनुभयाे।कार्यक्रमकाे प्रमुख अतिथी समेत रहनुभयका वडा अध्यक्ष दिल बहादुर थापाले चितवनदेखी आयर सहयाेग गरेकाेमा क्लबप्रति आभार ब्यक्त गर्नुभयाे। १९जना बिधार्थीहरुलाइ बितरण गरियकाे कार्यक्रममा गाेपालबाबु मरहट्ठा,हरि पन्त,बिष्णु पन्त,हरि संग्राैला,मीरा बिककाे उपस्थिती रहेकाे थियाे।क्लबकाे तर्फबाट फस्ट भिपी लियाे सुवास शर्मा,सेकेण्ड भिपी लियाे बिनय कार्की,ट्रेजर लियाे आर सी पन्त,लियाे मुकुन्द न्याैपाने,लियाे रविना रानाभाट र लियाे रितिका रानाभाटले सहभागिता जनाउनुभयकाे थियाे।लियाे क्लब अफ भरतपुर विभिन्न समयमा विभिन्न किसिमका सामाजिक कार्यहरुमा संलग्न रहँदै आयकाे छ।