सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं १६ पुस। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने तयारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउने जनाइएको छ । बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिएका छन् ।

शेयर गरौ

ताजा अपडेट