चितवन समाचार डटकम, ८ पुस ।
चितवनको राप्ती-२ गड्याेैलीमा पिकअप गाडीको ठक्करबाट आज बिहान एकजना बालककाे ज्यान गएको छ ।
गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट नारायणघाट तर्फ आउदै गरेको प्र.२-०३-००१ च १७९२ नं. को महेन्द्र पिकअपकाे ठक्करबाट पैदल यात्रु बालककाे ज्यान गएको हाे ।
ज्यान गुमाउनेमा भारत घर भई हाल चितवन राप्ती २ गड्यौलि बस्ने अब्दुल मसिनको छोरा बर्ष ९ को महमद एकलास रहेकाे प्रहरीले जनाएको छ ।
बिहान ६:४५ मा भएको दुर्घटनामा टाउकोमा चाेट लागि गम्भीर घाइते भएको ती बालकलाई उपचारकालागि भरतपुर मेडिकल कलेज ल्याईएकाे थियाे ।
उपचारका क्रममा बिहान ८ बजे उनकाे निधन भएको हाे । ठक्कर दिने पिकअप र चालक बारा जितपुर ७ बस्ने दिपेन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
