एपेक्स एकेडेमीले गर्‍यो प्लास्टिक मुक्त अभियानको सुरुवात

चितवन ६ पुस । भरतपुर महानगरपालिका वडा नं २ लाई प्लाष्टिकमुक्त वडा बनाउन पहल सुरु गरिएको छ ।
एपेक्स एकेडेमीको आयोजनामा भएको प्लाष्टिकजन्य वस्तु नियन्त्रण मार्फत अभियानको सुरुवात गरिएको हो । उक्त सरसफाई कार्यक्रम‌मा वडा नं २ का वडाध्यक्ष मनोज रानाभाट, महानगरका नगर प्रहरी एकेडेमीका प्राचार्य दिनेशचन्द्र पुरी, शिक्षक तथा विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
कार्यक्रममा सचेतनासँगै वडा नं २ को क्षेत्रपुर क्षेत्रमा रहेका सडक वरपरका प्लाष्टिक र फोहोरहरू टिपेर संकलन गरिएको छ । साथै वडावासीलाई स्लाष्टिकको कम प्रयोग गर्न र प्रयोग भएका प्लाष्टिकको नियन्त्रण गर्न पनि विद्यार्थीहरूले सबैलाई अनुरोध गरेका थिए। कार्यक्रमको अन्त्यमा वडा अध्यक्षले प्राचार्य दिनेशचन्द्र पुरी, एकेडेमीका शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै भरतपुर २ नं. वडालाई प्लाष्टिकमुक्त वडा बनाउन ठोस योजना लिएर अगाडि बढ्‌ने प्रतिबद्धता व्यक्त गर्नु भएको एकेडेमीका शिक्षक भीमराज खनालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट