काठमाडौं,६ पुष । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे ।
प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने प्रचलन छ ।
४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले बिहीबार दिउँसो १ बजे शपथ लिनेछन् ।


