काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण मतले कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिनुभएको हो। पार्टीमा संसदीय दलको नेता चयन सर्वसम्मत निर्णय हुनु स्वाभाविक हुने उहाँले बताउनुभयो।
प्रवक्ता महतले पार्टी संसदीय दलको नेतामा स्वाभाविक रूपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वसम्मत बनाउने पहल हुने गरिने जानकारी दिनुभयो।


