चितवन समाचार डटकम
चितवन १५ फागुन । धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले (सुन्तली) चितवनमा निर्माण हुन लागेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सबैको साथ र सहयोग आवश्यक हुने बताउनु भएको छ ।
भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाले निर्माणको शुरुवाती अवस्थामा विभिन्न खालका टिकाटिप्पणी आएको भन्दै गुनासा भए सिदै आफूलाई सम्पर्क गर्न अनुरोध गर्नु भयो । उहाले सबैको अपनत्व हुने गरी निर्माण हुन लागेकाले सहयोग गर्न अनुरोध गर्नु भएको छ । उहाले भन्नु भयो ‘हामी नेपालीको गर्वको विषय हो, रंगशाला निर्माणमा सबैको सहयोग आवश्यक पर्दछ ।’ हामीले निर्माणको लागि नेतृत्व लिइरहदा आम नेपालीको आफ्नो संरचना भएकाले सफल बनाउने जिम्मेवारी सबैको हुने बताउनु भयो ।
निर्माण स्थलमा विस्तृत गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेका उहाले जानकारी दिनु भयो । निर्माण स्थलमा तारवार गर्ने, साइड कार्यालय स्थापना गर्ने, स्थानीयसंग छलफल परामर्श गर्ने काम भइराखेको उहाले जानकारी दिनु भयो । चितवन र अन्य स्थानबाट रकम संकलन भइराखेकाले केही दिन भित्रै उठेको रकम सार्वजनिक गर्ने जानकारी दिनु भयो । रंगशाला निर्माणको लागि विदेशबाट र स्वदेशबाट रकम संकलन भइराखेको छ त्यसलाई हामीले विस्तृत रुपमा सार्वजनिक गर्नेछौ । चितवनवासीलाई पनि यो निर्माणको कार्यलाई आफ्नै भनेर सहयोग गर्न अपिल गर्नु भएको छ । केही दिनपछि आफै जिल्लामा वसेर काम थाल्ने तयारी भएको उहाको भनाइ छ ।