चितवन, २८ मङ्सिर । विवाह भोज खाएकाहरु विरामी भएपछि भरतपुरको चितवन गार्डेन रिसोर्ट होटल वन्द गराएर जिल्ला प्रशासन कार्यालयले अनुसन्धान कार्य अगाडि वढाएको छ ।
शुक्रबार विवाह भोज खाएका गैडाकोट नगरपालिकाका स्थानीय ५०० जना विरामी भएपछि जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको टोलीले अनुगमन गरेको थियो । होटल सञ्चालकसंग वुधबार कार्यालयमा वोलाएर थप अनुसन्धान गरेको छ ।
हामीले आज कार्यालयमा वोलाएर आवश्यक तथ अनुसन्धान प्रकृया वढाएका छौ केही कमी कमजोरी भएको पाएका छौ शर्माले भन्नुभयो थप अन्य विषय वुझ्नु पर्ने देखिएकाले केही दिन अनुसन्धानको काम वढ्ने छ । मंगलबार गरेको अनुगमनका क्रममा अखाद्य वस्तु प्रयोग गरेकाले विवाहमा भोज खाएकाहरु विरामी परेको पत्ता लागेको थियो । होटलमा भेटिएका खाद्य सामग्रीलाई प्रयागशालामा परीक्षणका लागि पठाएका छौ उहाले भन्नुभयो । प्रयोगशालाको रिपोर्ट आएपछि कस्तो प्रकृतिको कार्वाही गर्ने ? कती जरिवाना लगाउने ? होटल सञ्चालन गर्न दिने नदिने भन्ने विषय पछि जानकारी दिन सकिने उहाले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरेको अनुसन्धानको रिपोर्टले के देखाउछ त्यही अनुसार कार्वाहीको प्रकृया अगाडि वढाउने प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले जानकारी दिनुभयो ।
मंगलबार अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको थियो । होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तामक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको थियो ।
मंसिर २३ गते रिसोर्टमा भोज खाएकाहरु विरामी भएका थिए । नवलपुरको गैंडाकोट नगरपालिका १ का गणेश ढकाल र भरतपुर १० हाकिमचोककी करिश्मा अधिकारीको सिजिआरमा विवाह भएको थियो । विवाहमा भोज खाएका मध्ये केहीलाई सोही दिनबाट समस्या देखिएको थियो । केहीलाई भोलिपल्टबाट समस्या देखिएको भोजमा सहभागीहरुले बताएका छन् ।
बिरामीहरु मध्ये ३४ जना भरतपुरको नेशनल सिटी अस्पताल भर्ना भएका छन् । सोही अस्पतालका मात्रै १२ जना उक्त दिन वैवाहिक समारोहमा सहभागी भएका थिए । उनीहरु मध्ये १० जनामा समस्या देखिएको र पाँच जना अस्पतालमा भर्ना भएका छन् ।
अन्य केही अन्य अस्पतालहरुमा भर्ना भएका छन् भने केहीले घरमै बसेर औषधि सेवन गरिरहेका छन् । दुलाहा पक्षका धुर्वप्रसाद सापकोटाले आफूलाई कामज्वरो आउने, पाखाला लाग्ने जस्ता समस्या देखिएको बताउनुभयो ।


