काठमाडौं, ११ मङ्सिर । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका९३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी सोही गाउँपालिका ६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो ।
आयोगको निर्णय
दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ सात वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएको तथा उल्लेखित केन्द्रहरुको मतदानमा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा १, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा १ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४६ को उपदफा १ बमोजिम अनधिकृत कब्जा भई मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको हुँदा निर्वाचन आयोग ऐन, २०७३ को दफा १० को उपदफा २ बमोजिम वैतेश्वर गाउँपालिका वडा नं ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” र तामाकोशी गाउँपालिका वडा नं।३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” गरी ७ ९सात० वटा मतदान केन्द्रमा मिति २०७९ मंसिर ४ मा भएको मतदान रद्द गरी उल्लेखित केन्द्रहरुमा पुनः मतदान गराउने,
२ दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “ख” मा मतदान सञ्चालन गर्ने क्रममा अत्याधिक भिडभाड भै अनियन्त्रित भिडलाई तितरवितर पार्ने क्रममा प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने तर्फको ००७२९०१ देखि ००७३००० सम्मको १०० थान मतपत्रको अधकट्टी हराएको व्यहोरा समेतको प्रतिवेदन सम्बन्धित मतदान अधिकृतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश भएको अवस्था रहेको हुँदा वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” केन्द्रमा मिति २०७९ र०८र०४ मा भएको मतदान रद्द गरी पुनः मतदान गराउने,
९३० प्रकरण ९१० र ९२० बमोजिमका मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ५५ को उपदफा ९५० तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ५५ को उपदफा ९४० बमोजिम मिति २०७९र०८र१५ गतेभित्र पुनः मतदान सम्पन्न गर्ने गरी सम्बन्धित मतदान केन्द्रमा पुनः मतदानको सूचना प्रकाशन गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, दोलखालाई लेखी पठाउने,
९५० प्रकरण ९१० र ९२० बमोजिमका मतदान केन्द्रमा हुने पुनः निर्वाचनका लागि आवश्यक मतपत्र लगायत मतदान सामग्रीको व्यवस्थापन गर्न सचिवालयलाई निर्देशन दिने,
९६० प्रकरण ९१० बमोजिमका पुनः मतदान गराउनु पर्ने मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिइ सुरक्षा व्यवस्था सुनिश्चित गर्ने,
९७० मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्राश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ बमोजिम कारवाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिने,
९८० वैतेश्वर गाउँपालिका वडा नं। ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख”, तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” गरी १० ९दश० वटा मतदान केन्द्रमा मिति २०७९ र०८र०४ मा भएको मतपत्र रद्द गरी सुरक्षित साथ राख्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिने,
९९० मिति २०७९र८र४ गते भएको निर्वाचनमा दोलखा जिल्लाका वैतेश्वर गाउँपालिका वडा नं। ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं। द्द जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख” , तामाकोशी गाउँपालिका वडा नं। ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” र वैतेश्वर गाउँपालिका वडा नं। ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” गरी १० ९दश० वटा मतदान केन्द्रमा जिम्मेवारीमा रहेका राष्ट्रसेवक कर्मचारीहरुको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी निजहरु उपर आवश्यक कारवाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने ।


