पूर्वी चितवनको विकासको लागि मेरो वा सुरेन्द्रको आवश्यकता थियो : पौडेल

चितवन ११ मंसिर । नेपाली काँग्रेसका तर्फबाट चितवनको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उमेदवार विश्वनाथ पौडेलले अब कुनैपनि क्षेत्रबाट आफू निर्वाचनमा नलड्ने बताएका छन् ।

निर्वाचनको पराजयपछि कार्यकर्ताको एक भेलामा उहाले सम्वोधन गर्दै राम्रो र योग्य उमेदवारलाई मतदान नगरेको भन्दै पूर्वी चितवन अब धेरै पछाडि पर्ने बताउनुभयो । अर्थ विज्ञलाई जनताले नवुझेको भन्दै आउदो दिनमा आफू निर्वाचनका उमेदवार भएर देखा नपर्ने बताउनुभयो । विकासको लागि अनुभवी अर्थ विज्ञको आवश्यकता पर्दथियो । जनताको लागि उपयुक्त पात्र उमेदवार थिए एउटा म अर्का सुरेन्द्र पाण्डे तर दुइ मध्य एकलाई रोजिएन । उहाले भन्नुभयो ‘विकास नै चाहने हो भने सुरेन्द्र पाण्डेलाई मत दिएर जिताउनु पर्ने थियो, युवा नै खोजेको भए म थिए, के अर्थले अरुलाई रोजियो म अचम्ममा परेको छ्ु ।’ मैले यस क्षेत्रलाई विकास गर्न नसक्ने व्यक्ति हो र ? उहाले भन्नुभयो ।

योजना आयोगको उपाध्यक्ष भएर काम गरे, देशका धेरै नीति निर्माणमा मेरो भूमिका छ । मलाई मतदान गरेर विजयी गराएको भए यस क्षेत्रको विकासमा अलगै युगको सुरुवात हुने थियो । यदी म नयाँ भएको भन्ने लागेको भए विकासका कार्यक्रम ल्याएर काम गरेका अनुभवी सुरेन्द्र पाण्डे ज्यूलाई जिताएको भए हुने थियो उहाले भन्नुभयो । तटवन्धन, कालोपत्रे, सडक निर्माणलगायतका धेरै योजना ल्याएर काम गरेका पाण्डेलाई जिताएको भए विकासको कामले निरन्तरता पाउने थियो । जनताले काम गर्ने नेतालाई पहिचान गर्न सकेनन् ।

जनमतलाई म कदर गर्दछु तर अहिलेको निर्णयले जनता पछुताउने छन् उहाले भन्नुभयो । विकासका कार्यक्रम ल्याउनको लागि अनुभवी र पहल कदमी गर्ने व्यक्तिको आवश्यकता पर्दछ । त्यसको लागि कि मेरो आवश्यकता पदर्थ थियो कि सुरेन्द्र पाण्डे ज्यूको । जनताले आवेगमा आएर अन्य उमेदवारलाई रोज्नु भयो । आफ्नो जनप्रतिनिधि कस्तो रोज्ने भन्ने अधिकार जनतलाई छ तर आफ्नो क्षेत्रको विकासका योजना ल्याउन सक्ने उमेदवार छनौट गर्न नसक्दा वर्षौ पछाडि पर्न सक्दछ त्यसलाई समयमा चिन्न नसक्दा समस्या आउन सक्छ ।

योजना आयोगको उपाध्यक्ष भएर वसेको व्यक्ति निर्वाचनबाट अनुमोदन भएर नयाँ योजनाका कार्यक्रम ल्याउने तयारी थियो त्यो हुन सकेन । उहाले भन्नुभयो ‘अव मेरो लागि निर्वाचन यो नै अन्तिम हो अव म उठ्ने छैन ।’
कार्यक्रममा पार्टी भित्रको अन्तरिक समस्या, जनतामा नयाँ व्यक्तिको खोजी, पूर्व तयारीमा कमी, नेपाली काँग्रेसले गरेको राम्रा कामको प्रचार जनतामा पुग्न नसक्दा हार व्यहोर्नु परेको बताएका थिए । पार्टी भित्रको समस्या समाधान गरेर जन इच्छा अनुसकार काम गरेर आउदो निर्वाचनमा सफलता ल्याउने गरी काम गर्ने कार्यकर्ताहरुले बताएका थिए ।

शेयर गरौ

ताजा अपडेट