चितवन १० मंसिर । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ मा उपविजेता रहनुभएका नेकपा (माओवादी केन्द्र) का प्रत्यासी डा. भोजराज अधिकारीले व्यक्तिगत तवरबाटै माडीलाई स्वस्थ राख्ने बताउनुभएको छ ।
माडीको बसन्तपुरमा सम्पन्न कृतज्ञता सभामा बोल्दै डा. अधिकारीले आगामी ५ बर्षसम्म माडीको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्ने र बघौंडा अस्पताललाई प्रदेश अस्पताल बनाउन लागिपर्ने बताउनुभएको हो ।
आफूलाई माडीबासीले मत र मनमार्फत जिताएको बताउँदै डा. अधिकारीले चितवन ३(२) का एजेण्डाहरु प्रदेश सभा सदस्य निर्वाचित हुनुभएका ठाकुर ढकालमार्फत पुरा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अबको चार बर्ष संधै जनताबिच रहने भन्दै जनतासंग अस्पतालको सुरुवात माडीबाटै गर्ने घोषणा पनि गर्नुभयो ।
तेस्तै प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुर प्रसाद ढकालले माडीसंगै पश्चिमी चितवनको मुहार फेर्न निरन्तर लागिपर्ने बताउनुभएको छ । कृतज्ञता सभामा बोल्दै ढकालले माडीको पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रको विकास, युवा स्वरोजगार लगायत आफ्नो चुनाबी घोषणापत्रमा उल्लेखित योजना एवं कामहरु मुर्तिकृत गर्न लागिपर्ने बताउनुभएको हो ।
सबैले युवा उम्मेदवार खोज्दैगर्दा चितवन ३९ख० का जनताले ‘डाँडामा ठिंग उभिएको सतिसाल’ रोजेको भन्दै उहाँले जनतालाई साथ लिएर चुनाबी प्रतिबद्धताहरु पुरा गर्ने बताउनुभयो । कृतज्ञता सभामा आउनुपुर्व ढकाललाई बसन्तपुर बजारसहित पश्चिमी चितवन र माडीका विभिन्न गाउँहरुमा फूलमाला सहित भव्य स्वागत भएको थियो ।


