चितवन १० मंसिर । नेपाल मुद्रण उद्योग महासंघको प्रथम सुदूरपश्चिम स्तरिय आम भेला शनिवार धनगढीमा सम्पन्न भएको छ ।
भेलाले महेन्द्र शाही संयोजक रहेको दुई सदस्य पछि थप्ने गरि २१ सदस्यीय तदर्थ समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष देवेन्द्रविक्रम शर्मा , उपाध्यक्ष धर्मसिंह साउँद, महासचिव डिल्लीराज ऐरी, सचिव मदनराज भट्ट, सहसचिव भोजराज जाशी र कोषाध्यक्षमा लक्ष्मण खडायत रहेका छन् ।
यस्तै सदस्यहरुमा रामबहादुर साउँद, खडक पातली, रुपलाल चौधरी, अरुण पन्त, सरस्वती धामी, बासुदेव गौतम, रमण भट्ट, हेमराज भट्ट, महेश भट्ट, झरेन्द्र ओली र राजेन्द्र प्रसाद वड रहेका छन् । महासंघका केन्दीय उपाध्यक्ष नरसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल मुद्रण महासंघका केन्द्रीय अध्यक्ष खोमकान्त रेग्मी रहनु भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णु तिवारी, सहसचिव मिना ढकाल, केन्द्रीय सदस्य विनोद पौडेल, पूर्व उपाध्यक्ष महेश दाहाल, पूर्व साँसद महेश्वर पाठक, मुद्रण ब्यवसायी मधुसुधन उपाध्याय, दांगका अध्यक्ष दीपक आचार्य पत्रकार हेमन्त पौडेलले शुभकामना मन्तब्य दिनुभएको थियो ।
संघका कैलालीका अध्यक्ष शैलेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रम केन्द्रीय सदस्य छत्र साँवदले स्वागत गर्नुभएको थियो ।


