चितवन ५ मंसिर । चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा चार जना उमेदवारको प्रतिष्पर्धा देखिएको छ । यस क्षेत्रमा स्वतन्त्र पार्टीको वलियो उमेदवार नभएपनि मत भने राम्रो आएको छ ।
११५५ मत गणना हुदा गठवन्धनको तर्फबाट माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीको २६२, राप्रपाका विक्रम पाण्डेको २६८, स्वतन्त्रका दिनेश कोइरालाको २९९, स्वतन्त्र पार्टीको २४८ मत आएको छ ।


