चितवनमा सर्व दलीय वैठक वस्दै : मतगणना कार्य ११ बजेपछि मात्र

चितवन, ५ मङ्सिर । चितवनमा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य विहान ११ बजेपछि मात्र हुने भएको छ ।
मतगणना गर्नु पूर्व सर्वदलीय वैठक वस्न ढिला भएकाले मतगणना कार्यको समय पछि सरेको मुख्य निर्वाचन कार्यालय क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । विहान ८ बजेको लागि वैठक बोलाएपनि ढिलागरी उपस्थित भएकाले छलफलमा अहिले बसेको उहाले बताउनुभयो । हामी अहिले छलफलमा छौ सवै विषय टुंगो लगाउदा ११ बज्न सक्छ ।
त्यस्तै गरी चितवनको निर्वाचन क्षेत्र नं. १ मा अहिले सर्वदलीय वैठक बसिरहेको छ । वैठकपछि मात्र गणनाको कार्य हुने प्रमुख निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार ११ बजेपछि मात्रै गणना कार्य हुनेछ ।
चितवनको निर्वाचन क्षेत्र नं. ३ प्रमुख निर्वाचन अधिकृत हरिसिंह धामीले सर्वदलिय वैठक ९ बजे मात्र बोलाएकाले मतगणना कार्य ढिलागरी मात्र हुने जानकारी दिनुभयो । अन्य तयारी गर्दा समय पाइएन अव हामी बैठक बसेर निर्णय गरेपछि मात्र गणना कार्य हुनेछ । ११ बजेपछि मात्र गणना हुन सक्छ उहाले भन्नुभयो ।
निवाृचन क्षेत्र १ को पूर्वी चितवनको खैरहानी माध्यमिक विद्यालयमा, क्षेत्र नम्बर २ को भरतपुर स्थित औद्योगिक प्रदर्शनी केन्द्रमा र क्षेत्र नम्बर ३ को रामपुर स्थित कृषि तथा वन विश्व विद्यालयमा गणना कार्य हुनेछ । चितवनमा १६२ वटा मतदान स्थलका ४६० वटा मतदान केन्द्रका मत पेटिका आइतबार साँझ नै मतगणना स्थलमा ल्याइएको थियो ।
चितवनमा ६५ प्रतिशत मत खसेको थियो । चार लाख ८ हजार ३४२ मतदाता रहेको चितवनमा दुई लाख ६४ हजार मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट