चितवन, ४ मङ्सिर । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ का मतदातामा उत्साह देखिएको छ ।
भरतपुर वडा नं. ११ को नयाँ किरण माध्यमिक विद्यालय स्थलमा मत हाल्नका लागि विहान ५ः३० बजेबाटनै लाइनमा वसेका छन् । विहानै मतदान गरेर आफ्ने जिम्मेवारी पूरा गरिदिने भन्दै लाइनमा वसेको बताएका छन् । मतदान भने विहान ७ बजेबाट हुने भएपनि साढे ५ बजेबाट नै लाइनमा वसेका छन् ।
मतदान केन्द्रहरुमा विहानदेखि मतदाताको चहलपहल भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । जिल्लाका सवै मतदान केन्द्रमा विहानबाट अधिकारीहरुले तयारी थालेका छन् ।


