सामग्री लिएर कर्मचारी हिडे मतदान स्थल तर्फ : तीन हजार छ सय ८० जना कर्मचारी खटिदै

 

सुदेश खनाल

चितवन, २ मङ्सिर । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सामग्री लिएर मतदान स्थल तर्फ कर्मचारीहरु जान थालेका छन् ।
मुख्य निर्वाचन कार्यलाय र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिने कर्मचारीहरुले विहीबार आवश्यक सामग्री बुझेर कार्यस्थलमा गएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरराज अचार्यले जानकारी दिनुभयो । ‘हामीले सूचना टास गरेर आजै सामग्री वुझ्ने र कार्यस्थलमा जानको लागि सूचित गरेका छौ, कुनै करणवस तोकिएको दिन लैजान नसकेकाले शुक्रबार लैजानुहुन्छ ’ उहाले भन्नुभयो ।
निर्वाचनका लागि चाहिने आवश्यक सामग्री लिएर कर्मचारीहरु विहीबारनै मतदान स्थलमा जानु पर्ने हुन्छ । विहीबार वुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा लैजाने व्यवस्था रहेको छ । यसरी लगेको सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राखिन्छ । मतदान अधिकृत सहितका कर्मचारीले मतदान केन्द्र वरीपरी कुनैपनि प्रकारका माधकपदार्थ सेवन गर्न नपाइने सूचना टास गरी विक्री वितरणमा रोक लगाइने व्यवस्था रहेको आचार्यले जानकारी दिनुभयो ।


सूचना टास गरीसकेपछि सर्वदलीय वैठक वसी सहमती जुटाउने प्रकृया कर्मचारीले गर्दछन् । त्यसपछि मतदान स्थल निर्माणको काम हुने उहाले जानकारी दिनुभयो । चितवनको तीनवटै प्रतिनिधि सभा सदस्यको निर्वाचन कार्यालयबाट कर्मचारीले सामग्री वुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख रितेन्द्र थापाले जानकारी दिनुभयो । मतदान केन्द्रमा सामग्री लैजाने भएपनि अन्य दिन भन्दा सुरक्षा व्यवस्था अझ मजवुद वनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तीन हजार छ सय ८० जना कर्मचारी खटिदै
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तीन हजार छ सय ८० जना कर्मचारी खटिने जानकारी दिनुभयो । निर्वाचन सम्पन्न गर्नका लागि सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ–आठ जना कर्मचारी परिचालन हुनेछन् । कर्मचारी भने मतदान अधिकृतले नियुक्ती गर्ने व्यवस्था रहेको छ । एकसय ६२ मतदान स्थल रहेको चितवनमा चारसय ६० केन्द्र तोकिएको छ ।


मुख्य निर्वाचन कार्यालयका प्रमुख थापाका अनुसार चितवन क्षेत्र नम्बर १ मा एक हजार दुई सय ७४ जना, क्षेत्र नं २ मा एक हजार एक सय दुई जना र क्षेत्र नं ३ मा एक हजार तीन सय चार कर्मचारी खटिदैछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवनमा चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । यो विसं २०७४ को निर्वाचनमा भन्दा १० हजार छ सय ५७ ले बढी हो ।


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना रहेका छन् ।
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । भयरहित निर्वाचन सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था मजवुत रहेको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । अवान्छित गतिविधिलाई रोक्नको लागि चोकचोकमा सुरक्षाकर्मी खटिएको उहाले जानकारी दिनुभयो । अमर्यादित कार्य कसैले गरेमा प्रहरीलाई सूचना दिन समेत अनुरोध गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट