काठमाडौँ २ मंसिर । प्रेस काउन्सिल नेपालले निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता पालनामा ध्यान दिन आमसञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने काउन्सिलले जनाएको छ ।
स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्न अङ्कित झन्डारब्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लंघन हुने हुँदा त्यस्तो कार्य नगर्न नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ‚’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशनरप्रसारण सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
ुकतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको उल्लेख गर्दै काउन्सिलले सूक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।
‘स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लंघन भएमा पत्रकार आचारसंहिता, २०७३ पहिलो संशोधन, २०७६० र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ‚’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लंघनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कनरवर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’


