वेरोजगारी समस्या समाधान गर्न एक वडा एक युवा उद्यमी कार्यक्रम ल्याउछौं : सुरेन्द्र पाण्डे

 

चितवन,३० कात्तिक । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एक वडा एक युवा उद्यमी कार्यक्रम ल्याउने बताउनु भएको छ ।
चितवनको निर्वाचन क्षेत्र नं. १ को चुनावी सभालाई  सम्वोधन गर्दै उहाले वेरोजगारी समस्या समाधान गर्न प्रत्येक वडामा युवा उद्यमी कार्यक्रम ल्याएर रोजगारीको सिर्जना गर्ने बताउनुभयो । उहाले वेरोजगारी समस्या कतीपय अवस्थामा आफूले काम गर्न नजानेको कारणले पनि हुने भएकाले उद्यमशीलता निर्माण गर्ने प्रकारका कार्यक्रम ल्याएर युवालाई विदेश जानबाट रोक्ने बताउनुभयो ।
नेता पाण्डेले यस पटक युवाहरुमा लगानी गरेर विदेश जानबाट रोक्ने गरी योजना सार्वजनिक गर्नु भएको छ । देशको बजेटको ठुलो हिस्सा युवामा लगानी गर्ने योजना बनाएको छु उहाले भन्नुभयो ‘यसले बेरोजगारी समस्या समाधान गरी युवा विदेश पलायन हुने अबस्थाको अन्त्य गर्नेछ ।’
एमालले ल्याएको सामाजिक सुरक्षा भत्ताले बृद्धबृद्धाको कल्याण मात्र गरेन पार्टीलाई समेत एसियाकै ठुलो पार्टीको रुपमा स्थापित गरायो । यस्तै लोकप्रिय कार्यक्रम ल्याउने जानकारी दिनुभयो । उहाले बृद्धभत्ता पाँच हजार र दश हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने, लोथर देखि सौराहासम्म कंक्रिट ड्याक निर्माण तथा निकुञ्ज र बस्तीको सिमानमा कंक्रिट पर्खाल निर्माण गर्ने, बैकल्पिक राजमार्गको रुपमा ठोरी–भण्डारा–लोथर–मलेखु चेपाङ मार्गको निर्माण सम्पन्न गर्ने, अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने, पूर्वी चितवनमा चत्रपथ निर्माण सुरु गरिएको र यसलाई समयमै सम्पन्न गर्ने योजना रहेको नेता पाण्डेले बताउनुभयो ।
पूर्वी चितवनमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गरेर व्यवस्थित पार्ने योजना आफूसंग रहेको बताउनुभयो । १०० विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने, २० स्थानमा एकीकृत विकास बस्ती निर्माण सौराहा, कुमरोज, कंकाली, ठकुरीभन्ज्याङ, परेवाकोट लगायतका स्थानमा पूर्वाधार निर्माण गर्ने, पूर्वी चितवनका मुख्य नदीहरु किनारमा साइकल सर्किट निर्माण गर्ने योजना अघि सारेको उहाले बताउनुभयो ।
कार्यक्रममा उहाले पूर्वी चितवनलाई दीर्घकालिन विकासका लागि यस क्षेत्रका खोलामा तटवन्धन र व्यवस्थित सडक निर्माण रहेकाले यसको काम अगाडि वढिराखेको जानकारी दिनुभयो । जमिन कटान र डुवानले समस्या पारेको यस क्षेत्रमा सधैका लागि समाधान गर्न तटवन्धन कार्यक्रमलाई छिटो पूरा गर्ने गरी अगाडि बढेको बताउनुभयो । यस क्षेत्रका धेरै खोलाहरुमा तटलन्धनका कामहरु सुरु भएको, निर्माण कार्य भइराखेको भएपनि सवै स्थानमा पूरा नभएकाले कटानको समस्या सधैका लागि समाधान गर्न आफूले काम गर्ने बताउनुभयो ।
आफ्नो विगतका कार्यकालमा गरिदै आएको कामलाई निरन्तरता दिदै अवको वर्षहरुमा तटवन्धनको समस्या नआउने गरी योजना ल्याउने बताउनुभयो । कटान र ड्ुवानको समस्या हटेपछि यस क्षेत्रमा सुरक्षित वासस्थान हुने बताउनुभयो । यो संगै शक्तिखोर फिसलिङ, भण्डारा मलेखु सुरुङ सहितको सडक र बाँकी रहेका स्थानमा कालोपत्रे गरे यस क्षेत्रको आर्थिक विकासमा आमूल परिवर्तन ल्याउने बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट