काठमाडौँ २९ कात्तिक । चिसो मौसममा मधुमेहका बिरामी थप सचेत हुनुपर्ने विषयविज्ञहरुले बताएका छन्। विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रमका वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानसमेत राम्रो नहुने बताए।
खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुने उनले बताए। त्यसैले चिसोको समयमा मधुमेह भएकाले विशेष ध्यान पुर्याउनुपर्ने देखिएको उनको भनाइ छ। उनका अनुसार पछिल्लो समय खानपान र तनावका कारण विदेशबाट फर्किने व्यक्तिहरूमा बढी मधुमेह देखिएको छ।
पछिल्लो समय युवा उमेर समूहमा मधुमेहको समस्या बढेको उनको भनाइ छ। ‘देशभर मधुमेह शिक्षा, भोलिको सुरक्षा’ भन्ने नारासहित आज मधुमेह दिवस मनाइएको छ। नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क सङ्कलन भएको छैन। विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार मधुमेहबाट झण्डै पाँच लाख मानिस प्रभावित छन्।
सन् २०३० सम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मधुमेहलाई सामान्य समस्या सोचेर हेलचेक्राइ नगर्न आग्रह गरे। उनले सचेतपूर्वक मधुमेहको समस्यामा ध्यान दिए आयु लम्ब्याउन सकिने बताए। मधुमेहले आँखा, मिर्गौला, मुटु र खुट्टामा असर पार्छ।
मधुमेहबाट पक्षघातको जोखिम पनि उत्तिकै हुन्छ। परिवारमा नजिकको सदस्यलाई मधुमेह भएमा, गर्भावस्थामा मधुमेह देखिएमा, आवश्यकताभन्दा बढी तौल, उच्च रक्तचाप र धेरै शारीरिक परिश्रम गर्न नपर्ने जीवनशैली भएका व्यक्तिमा मधुमेहको बढी जोखिम हुने चिकित्सक बताउँछन्।
मधुमेहका मुख्य लक्षण बढी प्यास लाग्नु, पिसाब बढी हुन थाल्नु, राति पिसाब फेर्न उठ्नुपर्ने, दुब्लाउनु, कमजोर अनुभव हुनु, शरीर चिलाउने, बढी भोक लाग्ने, छालामा धाउ खटिरा आउने, आखाँ कमजोर हुने र यौनक्रम घट्ने हुन्छ।
यद्यपि सबै लक्षण एकैपटक देखिँदैन। गर्भावस्थाको मधुमेह९गेस्टेसनल डायविटिज मेलिटस०को जोखिम पनि धेरै हुन्छ। मधुमेहका बिरामीले खुट्टामा चोट पटक र घाउ लाग्न नदिन सचेत हुनु चिकित्सकको सुझाव छ। मधुमेहको धेरै प्रकारमध्ये टाइप दुई डायविटिज नेपालीमा धेरै देखिने गरेको छ।


