चितवन २७ कात्तिक । चितवन निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका एमालेका उमेदवार कृष्णभक्त पोखरेलले देशको समृद्धि र वेरोजागरी समस्या समाधान एमालेको सरकारले मात्र गर्न सक्ने बताउनु भएको छ ।
चुनावी कार्यक्रम अन्तर्गत भरतपुर क्षेत्रमा घरदैलोका क्रममा उहाले वेरोजगारी समस्या समाधानका उपाए एमालेसंग मात्र रहेको जानकारी दिनुभयो । उहाले स्थानीय क्षेत्रको समस्या समाधान गर्न पालिका सरकारले गर्ने र राष्ट्रिय समस्या एमाले सरकारले गर्ने बताउनुभयो । यु्वालाई रोजगारी दिनको लागि युवा लक्षित कार्यक्रम ल्याएर वेरोजगारीको समस्या हल गर्ने बताउनुभयो ।
संविधान निर्माणपछि आवश्यक कानून निर्माण गरेर समाजलाई व्यवस्थित पार्ने काम गर्न सफल भएका छौ उहाले भन्नुभयो अब आर्थिक समृद्धि गरेर देश विकास गर्नेछौ । अव निर्वाचित भएपछि स्थानीय, प्रदेश देखि केन्द्रसम्मको समस्या समाधान गर्न आफू तयार भएको बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रका स्थानीयको आवश्यकता र पहाडी क्षेत्रको आवश्यकता फरक भएकाले त्यहाँको चाहना अनुसार विकासका पूर्वाधार ल्याउन आफू सक्षम भएको बताउनुभयो ।

इच्छाकामना गाउपालिकाको आवश्यकता खानेपानी विजुली सडक छ भने भरतपुरको आवश्यकता ढल निकास रहेको छ । यहाँका युवालाई रोजगारी दिएर जीवन स्तर उकास्नु परेको छ । जिल्लाको आवश्यकता, जनताको चाहना यहीका स्थानीय उमेदवारले वुझ्ने भएकाले सोचबिचार गरेर मात्र मतदान गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्यका उमेदवार देवी ज्ञवालीले प्रदेशलाई नमुना बनाउने गरी आफू अगाडि वढेको बताउनुभयो । केन्द्र र प्रदेश सरकार एमालेको निर्माण गरेर आर्थिक छलाङ मार्ने गरी काम गर्न आफू सक्षम भएको बताउनुभयो ।


