सोमबार भरतपुरमा एमालेको आमसभा : ओलीले सम्बोधन गर्ने

 

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चितवनमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
गेस्ट हाउस चौरमा हुने चुनावी आमसभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
चुनावी सभामा जिल्ला भरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि ¥याली निस्कने उहाले बताउनुभयो । उहाका अनुसार केन्द्रीय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट ¥याली निस्कने छ ।
एमाले अध्यक्ष ओलीले बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उहाले जानकारी दिनुभयो । सोमबार नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन् । आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट