चितवन समाचार डटकम
चितवन, १४ फागुन :
चितवनको भरतपुर १२ मिलन चोकमा अटो गार्डेन स्थापना भएको छ ।
५ करोड रुपैयाको लगानीमा स्थापना गरिएको संचालक विनय झाले बताउनुभयो । आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संचालक झाले चितवन जिल्लामै पहिलो पटक अत्याधुनिक प्रविधिबाट निमार्ण गरिएको जानकारी दिनुभयो ।
अटो गार्डेन परिसर भित्र अटोमेटिक मेसिनद्धारा प्युरिफाई मानीद्धारा वास गर्ने प्रविधि,अत्याधुनिक प्रविधिबाट सर्भिसिग, डेन्टपेन्ट, थ्रि डि प्रविधिद्धारा व्हील अलाईमेन्ट, व्हील ब्यालेन्सर,नाईट्रोजन फिलिंग,टायर चेन्जर लगायतका कामहरु हुने अर्का संचालक सुरेन्द्र पाठकले जानकारी दिनुभयो ।
पुर्व पश्चिम राजमार्ग छेउमै रहेको अटो गार्डेन १५ कट्ठा क्षेत्रफलमा रहेको छ । अटो गार्डेन स्थापना शुरु भएसँगै तीन दर्जनले रोजगारी पाएको कम्पनीले जनाएको छ ।