चितवन, २६ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा उठ्न गोरखा गएपनि चितवन प्रतिको माया कायमै रहेको बताउनु भएको छ ।
शनिवार भरतपुरमा आयोजना गरिएको सत्ता गठबन्धनको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले चुनाव लड्न गोरखा गएपनि आफु चितवनकै भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरो घर चितवनमै छ,यहाँको विकासमा मेरो सधै चासो रहनेछ ।’ चितवनप्रतिको लगाब हिजोदेखि नै रहेको र आज र भोलि पनि निरन्तर रहने उहाँले बताउनुभयो । चितवनमा पूर्वाधारका क्षेत्रमा सुरु भएका विकासका कामलाई पूर्णता दिन निरन्तर लागिरहने प्रचण्डको भनाई छ । गोरखा जानुपर्ने बाध्यता बुझिदिन उहाँले सबै चितवनबासीलाई आग्रह गर्नुभयो । प्रचण्डले २०७४ सालको निर्वाचनमा निर्वाचित गराउने चितवन ३ का मतदातालाई धन्यबाद ज्ञापन गर्नुभयो ।
म अहिले केही वाध्यताका कारणले गोरखा गएको पक्कै हो तर मैले हिजो अगाडि सारेका विकासका योजनालाई निरन्तरता दिने छु । म चितवनमा उठ्नु भन्दा र अहिलेको यहाँको अवस्था तपाइहरुले वुझ्नु भएको छ । म धेरै कुरा भन्दिन चितवन मेरो घर हो म यहीको हु ।


