भिजन भएको मान्छेले मात्र देशलाई सही गतीमा लैजान सक्छ : उपाध्यक्ष पाण्डे

 

चितवन, २६ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भिजन भएको मान्छेले मात्र देशलाई सही गतिमा लैजान सक्ने बताउनु भएको छ । चितवन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डेले नयाँ मान्छेले नभई भिजन भएको नेताले मात्र देश बनाउन सक्ने बताउनुभयो ।
चुनावी अभियान अन्तर्गत रत्ननगरको टाँडी बजारमा आयोजित कोणसभामा सम्वोधन गर्दै उहाले देश बनाउन सक्ने क्षमता आफुमा रहेको दावी गर्नुभयो । देशका अन्य निर्वाचन क्षेत्रमा भन्दा चितवन एकमा विकास बढी भएको भन्दै उहाले अन्य निर्वाचन क्षेत्रसंग तुलना गर्दा चितवन क्षेत्र नं १ अग्रस्थानमा आउने बताउनुभयो । पहुँच र प्रभावले मात्र निर्वाचन क्षेत्रमा बजेट आउने भन्दै उनले आफु त्यसका लागि सक्षम रहेको बताउनुभयो ।
नेता पाण्डेले अर्थमन्त्री हुँदा फाष्टट्याक निर्माण सुरुवात आफु सुरु गरेको बताउनुभयो । राष्ट्रिय स्तरका योजना देखि निर्वाचन क्षेत्रमा पूर्वाधार निर्माणमा ध्यान दिएको उहाको भनाई छ । नेता पाण्डेले शेरबहादुर देउवा नेतृत्वको सरकारका कारण देशमा आर्थिक संकट पैदा भएको बताउनुभयो । ओली सरकारको बेलामा आर्थिक तरलता थिएन उहाले भन्नुभयो अहिलेको सरकारको आर्थिक नीतिका कारण देशमा आर्थिक संकट पैदा भएको छ । नेता पाण्डेले पूर्वी चितवनलाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । रत्ननगरको टाँडीलाई केन्द्र विन्दुमा राखेर पूर्वी चितवनको आर्थिक विकासको केन्द्र बनाउने उहाको भनाई छ ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताउनुभयो । । नेताको गठबन्धन हो उहाले भन्नुभयो मतदाता भोट हाल्न स्वतन्त्र छन्,चुनाव एमालेले जित्छ ।

शेयर गरौ

ताजा अपडेट