स्थानीयको दुःख बुझेकाले मात्र विकास गर्न सक्छन् : पोखरेल

चितवन २३ कात्तिक । नेकपा एमालेका नेता तथा चितवनको क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका उमेदवार कृष्णभक्त पोखरेलले स्थानीयको दुःख सुखमा साथ दिएका नेताले मात्र यहाँको विकास गर्न सक्ने बताउनु भएको छ ।
घरदैलो कार्यक्रममा आज विहान भरतपुर महानगरपालिका वडा नं. १२ मा सम्वोधन गर्दै चितवनको माटोले चिनेका व्यक्तिलाई मात्र मतदान गर्न आग्रह गर्नुभयो । संविधान, कानुन निर्माणको भूमिका आफूले निर्वाह गरेकाले अव आर्थिक समृद्धिको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवनको पहाडी क्षेत्रमा बाटो, खानेपानी, विजुलीको क्षेत्रमा राम्रो विकास गरेको उहाले जानकारी गराउनुभयो । अब भरतपुरका सहरी क्षेत्रमा ढल निकास, आवश्यक पार्क, स्थानीयको आर्थिक समृद्धिलगायतको क्षेत्रमा काम गर्ने बताउनुभयो ।
घरदैलोका क्रममा प्रदेशसभा सदस्यका उमेदवार देवी ज्ञवालीले प्रदेशको नेतृत्व गर्ने गरी आफू अगाडि वढेकाले मतदान गरेर सहयोग गरिदिन अनुरोध गर्नुभयो । वागमती प्रदेशकै आर्थिक समृद्धिको लागि आफ्नो वृहत योजना रहेको जानकारी गरउानुभयो ।

शेयर गरौ

ताजा अपडेट