सुकुम्वासीकाे नाममा मैले राजनीति गर्दिन, अब लालपुर्जा दिने हाे: डा. भाेजराज

भरतपुर, २१ कार्तिक । प्रतिनिधिसभा सदस्य चितवन ३ का उम्मेदवार डा. भाेजराज अधिकारीले सुकुम्वासीकाे नाममा अाफुले राजनीति नगर्ने बताएका छन् । सधैंका लागि सेवा गर्न चाहेको उनलेे बताए । भरतपुर २४ काे चुनावी सभालाई सम्बाेधन गर्दै उनलेे निर्वाचन लगत्तै लालपुर्जा वितरणका लागि यहाँ अाउने प्रतिबद्धता व्यक्त गरे । युवा र महिलाका लागि विशेष याेजना ल्याउने उल्लेख गर्दै डा. भाेजराजले युवाले जेष्ठ नागरिक र बच्चाको संरक्षण गर्ने र महिलाले परिवारमा सहि संस्कार दिने बताए ।

लाेकतान्त्रिक- बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनलेे जनजीविका सुधारका लागि पनि अाफुहरू निर्वाचित हुनुपर्ने बताए । उम्मेदवारकाे तुलना गरेर मात्रै मतदान गर्न उनको अाग्रह छ । केन्द्रीयदेखि स्थानीय तहसम्म गठबन्धनकै सरकार रहेकोले अाफुहरूले नै विकास याेजना एवं निति निर्माण गर्ने बताए ।

यस्तै चुनावी सभालाई सम्वाेधन गर्दै चितवन ३(२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास गतिलाई अघि बढाउन चाहेको बताएका छन् । जनताको चाहाना अनुसार काम गर्न अाफु निर्वाचनमा अाएकाे उनलेे बताए । अब खरकाे छानाे हटाएर टिनको छानाे निर्माण गर्न पहल गर्ने ढकालको प्रतिबद्धता छ । कसैको पछि नलाग्न अाग्रह गर्दै उनलेे विचारको पछि लाग्न अनुरोध गरे ।

शेयर गरौ

ताजा अपडेट