चितवन, १७ कात्तिक । सत्तागठवन्धनको नेपाली काँग्रेस पार्टी चितवनमा चरम असन्तुष्टी बाहिर आएको छ ।
सत्तागठवन्धनले भरतपुरको निर्वाचन क्षेत्र ३ अन्तर्गत गौरिगञ्जमा सामुहिक प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रम आयोजना गरिरदा एकलौटी तरिकाले जिल्ला नेतृत्व हिडेको भन्दै अर्को पक्षले नारायणगढमा चियापान गरेको छ । नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति विकास कोइरालाले नारायणगढमा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सयौ काँग्रेसका कार्यकर्ताको सहभागी भएको छ ।
जिल्ला सभापति एकलौटी हिडेको सवैलाई समेट्न नसकेको भन्दै कार्यक्रममा पूर्व सभापति कोइरालाले बताउनुभयो । आफू गठवन्धनको पक्षमा भएपनि जिल्ला नेतृत्व स्वेच्छाचारी ढंङगले अगाडि वढेकाले मत कसलाई दिने भन्ने विषयमा आफू स्वतन्त्र भएको बताउनुभयो । निर्वाचनको सम्मुखमा जिल्ला नेतृत्वको विरुद्ध सयौ कार्यकर्ता भेला पारेर असन्तुष्टी व्यक्त गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
फेसवुकमार्फत चियापानको आयोजना गरेपछि जिल्ला सभापति राजेश्वर खनालले विकास कोइराला पूर्व जिल्ला सभापतिको नामबाट हटाएकाले कार्यक्रममा सहभागी नहुन विज्ञप्ति जारी गर्नु भएको थियो । पार्टीका तातकालिन सभापति स्ुशील कोइराला चितवनबाट चुनावमा उठ्दा उहाँको विरुद्ध जिल्ला सभापति विकास कोइराला निर्वाचनमा उठ्नु भएको थियो । पार्टी सभापति विरुद्ध चुनावमा उठेपछि विकास कोइरालालाई पार्टीले साधारण सदस्य नरहनेगरी कार्वाही गरेको थियो । सो कार्वाही अहिलेपनि फिर्ता भएको छैन ।
आफू काँग्रेस पार्टीमा रहेको र कहिल्यै विरुद्धमा नरहेपनि जिल्ला नेतृत्वले मानमर्दन गरेको भन्दै चियापान गरेर असन्तुष्टी पोख्नु भएको हो । कार्यक्रममा महासमिति सदस्य कैलाश कोइरालाले एकलौटी तरिकाले जिल्ला नेतृत्व चलेको भन्दै सच्चिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका जिल्ला सचिव, क्षेत्रीय सभापति, पार्टीका पुराना नेताहरु, विद्यार्थी संघका नेताहरुलगायतको उपस्थिति रहेको थियो ।